उदयपुरमा हराएका ८ थान मोवाईल सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्णपुष्टि, पुष १४
उदयपुरको विभिन्न स्थानबाट हराएका आठ थान मोवाईल प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तण गरिएको छ । विभिन्न समयमा सर्वसाधारणको चोरी भएका तथा आफैले भूलबस हराएका मोवाईलहरु आईएमई कोडको आधारमा खोजतलास गर्दा फेला परेपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।
आफ्नो मोवाईल चोरी भएको र कतिपय आफैले हराएकाले खोजी गरिदिन विभिन्न व्यक्तिहरुबाट अनुरोधसहित निवेदन आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले बताउनुभयो ।

सोही निवेदनमा उल्लेख भएको मोवाईल नम्बर र आईएमई कोडको आधारमा जीपीएसमाध्यमबाट लोकेशन ट्रुयाक गरी मोवाईल पत्ता लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय भेटिएको आठ थान मोवाईलका प्रयोगकर्तालाई जिप्रका उदयपुरमा बोलाएर जिम्मा लगाएको हो । प्रहरीका अनुसार हराएका मोवाईलहरु कुनै भर्खरै हराएको र कुनै भने निकै लामोसमय अघि हराएकोसमेत फेला परेको छ । स्यामसुङ, भिबो र रियलमीलगायत कम्पनीका मोवाईलहरु फेला परेका प्रहरीले जनाएको छ ।
जसको हाल अनुमानित बजार मूल्य दुई लाख बराबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: