
पूर्णपुष्टि, जेठ ६ । उदयपुरमा भयानक हावाहुरीसँगै आएको वर्षाका कारण विद्युत अवरुद्ध भएको छ । आज बिहान करिब ३ बजेर २० मिनेटको समयमा भयानक हावाहुरीसँगै आएको वर्षाका कारण विद्युत अवरुद्ध भएको हो ।
विद्युत प्राधिकरण गाईघाट शाखाका प्रमुख विजयबाबु खत्रीले जिल्लाको विभिन्न ठाउँमा ३० वटा भन्दा बढी विद्युतिय पोल ढलेको जानकारी दिए । उनका अनुसार त्रियुगा नगरपालिका–६ जलजलेदेखी गाईघाट आउने मेन ११ हजार हाईटेन्सन विद्युतको ३ वटा पोलमा हावाहुरीका कारण रुख लड्दा क्षती भएको छ । त्यस्तै हडिया–जोगिदह ऐरियाको ७ वटा विद्युतिय पोल, चुहाडे ऐरियाको ३ वटा पोल, कटारी ऐरियाको ४ वटा पोल र साही खोला ऐरियाको ३ वटा पोल हावाहुरीका कारण क्षती भएको प्राधिकरणका प्रमुख खत्रीले बताए । त्यस्तै अन्य एल–टी साहायक विद्युतिय पोलहरुमा पनि क्षती पुगेको उनले बताए ।
हावाहरीबाट क्षती भएको पोल मध्ये गाईघाट आउने मेन विद्युत पालको मर्मत बिहानबाट सुरु गरिएको छ । गाईघाट आउने विद्युत पोलको मर्मत संभार २ घण्टा भित्र भईसक्ने उनले बताए । त्यस्तै चुहाडे ऐरिया क्षेत्रमा दिउँसो ३ बजेदेखि मर्मत संभार सुरु हुने र हडिया–जोगिदह ऐरिया क्षेत्रमा राति देखि मात्र मर्मत संभार गर्न सकिने उनले बताए । प्राधिकरणसँग एउटा मात्र पोल गाड्ने मेसिन उपलब्ध भएकोले कारण जिल्ला भरिको पोल मर्मत कार्यमा ढिलाई देखिने प्राधिकरणका प्रमुख खत्रीले बताए । हामिसँग एउटा मात्र पोल गाड्ने मेमिन उपलब्ध छ, त्यसैले सबै क्षेत्रको मर्मत कार्यमा ढिलाई हुन्छ ‘उनले भने’ मर्मत कार्य जति सक्दो चाडोँ गर्न हामि लागी परेका छौँ ।
फोटो फिचर :-