Wednesday, May 27News That Matters

उदयपुरमा हाेली भिडभाड नगरी घरघरमा मनाइयाे

पूर्णपुष्टि, फागुन २७ गते ।

कोरोना भाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउने पर्ने अवस्थाले खुलेर मनाउन नपाएपनि उदयपुरमा घरघरमा होली खेलेर पर्व मनाएका छन् । ठूलै रौनकताका साथ मनाइने होली यसवर्ष सामान्य साथीभाइ भेट्ने, आफन्तजनसंग भेट्ने र अबीर लगाएर शुभकामना साटासाट गर्ने मात्र भयो । खासगरी मधेसी समुदायले विशेषरुपमा मनाउने यस पर्वमा घरमुलीको हातबाट रंग ग्रहण गरेर घरघरमै पर्व मनाए । घरमा बनाएका होली विषेश परिकारहरु खाएर मनाए ।

स्थानीय प्रशासनले होलीमा रंग नखेल्न, भीडभाड र हो हल्ला गर्न निषेध लगाएपछि सर्बसाधारणले यसवर्षको होली त्यसरुपमा नखेलेका हुन् ।

हालीको दोस्रो दिन सदरमुकाम गाईघाट बजारमा विहानैदेखि विशेषरुपले होली पर्व मनाउने गरिएको थियो । विहानैदेखि होली खेल्नेको भिड देखिने बजार विहानभर सुन्य देखियो । दिउसोको समयमा सामान्यरुपमा रंग लगाएर मानिस हिडेको देखिएपनि भिडभाड र रमाईलो गरेनन् । रंगका पसलहरु ग्राहकबिहिन भए । ब्यापारमा सिधै घाटा लागेको ब्यापारीहरुको भनाई छ ।

स्थानीय प्रशासनले होलीमा भीडजन्य गतिविधिमा कडाईका साथ निगरानी राखेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बजार, सडकहरुमा तैनाथ रहेका छन् । सर्बसाधारणले कोरोना भाइरसको संक्रमणप्रति सचेत हुदै प्रशासनको आव्हानलाई पालना गरेको पाइएको छ ।