Thursday, December 5News That Matters
२० मंसिर २०८१, बिहीबार

उदयपुरमा हुक्केहुक्का महोत्सव –२०८० भव्य सम्पन्न, सांस्कृति जोगाउँदै थारु समुदाय

पूर्णपुष्टि, २६ कार्तिक ।
उदयपुरका थारुहरुले आफ्नो गुम्न लागेको पुरानो सांस्कृति फर्काउन सुरु गरेको छ । थारु समुदायमा बिषेश मनाईने हुक्केहुक्का जुन पुरानो संस्कृति समेत रहेको छ । यसको बिधिबिधानका समाग्रीहरु लोप हुँदै गएपछि मनाउन छाडिएको हुक्केहुक्का यो बर्ष भने उदयपुरमा धुमधामका साथ मनाईयो । चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा बिभिन्न संस्कृति कार्यक्रम र प्रतियोगिता सँगै हुक्केहुक्का संस्कृतिको उजागर गरिएको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम नेपाल थारु संघ (समाजवादी) उदयपुरले आयोजना गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि त्रियुगाको पूर्व मेयर तथा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी रहेका थिए भने जिल्लाका बिशिष्ट ब्यक्तिहरु प्रमुख जिल्ला अधिकारी लगायतका अन्य अतिथिहरु रहेका थिए ।

हुक्केहुक्का प्रतियोगितामा बिप्लव पञ्जियारको समूह प्रथम

महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८०को उपाधि विप्लव पञ्जियारको समूह, ज्यामिरे–९ ले जितेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा पञ्जियारको समूहले उपाधि जितेको हो ।


बेहड्वा थारू होम स्टे–१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान ल्याएको छ भने शिव शक्ति टोल खेरा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
विजेतामध्ये प्रथम हुने समूहलाई आयोजकले नगद रू। ५ हजार, द्वितीय हुने समूहलाई ३ हजार, तृतीय हुने समूहलाई २ हजार र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई प्रमाण पत्र प्रदान गरिएको छ ।नेपाल थारू संघ ९समाजवादी० को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं। ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा १३ वटा टिम सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0