
पूर्णपुष्टि÷गाईघाट, पूर्णपुष्टि, कार्तिक १७ । उदयपुरको बेलका नगरपालिका–१ आम्बासी स्थित बाट प्रतिबन्धित लागुऔध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरापलिका–९ बस्ने ३२ बर्षीय अटो चालक बल बहादुर वि.क. रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आम्बासी स्थित रुपनगर–चतारा–नडाह सडक खण्डमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रामपुरबाट फत्तेपुर तर्फ जादैँ गरेको को २ ह ४२४६ नं. को अटोको पछाडि लुकाई छिपाई लैजादै गरेको १० के.जी २३० ग्राम गाँजा सहित चालक वि.क. लाई नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
