उदयपुरमा ११ बर्षिया बालिका बलत्कृत

पूर्णपुष्टि, मंसिर २४
उदयपुरमा ११ बर्षिय बालिका बलत्कृत भएकी छिन् । समाजमा अझै पनि लैँङ्गिक हिंसा, महिला हिंसा तथा बलत्कार जस्ता सामाजका ठुला अपराधहरु न्युनिकरण नभएको भन्दै चेतना फैलाउने उदेश्यले लैँङ्गिक हिंसा १६ दिने अभियान चलिरहेकै बेलाको अबधिमा सो घट्ना घटेको छ ।

यस्तै अपराध न्युनिकरण गर्ने भन्दै हरेक बर्षको नोभेम्बर २५ बाट १६ दिने लैँङ्गिक हिंसा समेत भव्यताका साथ नेपालमा पनि मनाउँदै आईरहेका छन् । गाईघाटमा पनि आजै मात्र दिप प्रज्वलन तथा हिंसा सम्बन्धि बिभिन्न निकायहरुले अन्तरक्रिया गरी सो अभियान सम्पन्न भयो । सोही अवसरमा सो घटनाले संयोग मिलाएको छ । बालिका बलत्कृतको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका १० बोक्सेका एक पुरुषलाई पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ६० वर्षीय टेक बहादुर सार्की रहेका छन् । उनलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: