
पूर्णपुष्टि, साउन ५
उदयपुरमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । ८ पुरुष र ४ महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा संक्रमणको दर घट्नुका साथै सक्रिय संक्रमितको संख्या पनि २१७ मा झरेको जनाएको छ । हिजो सम्म सक्रिय संक्रमित संख्या २२० रहेको थियो भने आज २१७ मा झरेको छ ।
आज थपिएकोहरु कटारीका ५, त्रियुगाको ३, बेलकाको ३ र चौदण्डीगढीको १ जना रहेको छ ।
आज सम्म निको हुनेको संख्या जिल्लामा २४३५ पुगेको छ । यता मुत्यु हुनेको संख्या ५० रहेको छ ।
