Sunday, May 17News That Matters

उदयपुरमा चोरी मुद्धामा १२ दिन कैद र जरिवाना सुनाएका चौधरी लुकिछिपि बसेको अवस्थामा पक्राउ

पूर्णपुष्टि, साउन ५

चोरी मृद्धामा फरार भई लुकिछिपि अवस्थामा वस्दै आएका बिजय चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ८ बस्ने डोभि चौधरीको छोरा ३५ बर्षिय चौधरीलाई सोमवार करिब ५ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादि पक्राउ अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी वेद प्रसाद गौतमले बताउनुभयो ।

गौतमका अनुसार सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०६३।०७।१३ गते को फैसलाले चोरी मुद्दामा १२ दिन ७५०÷–( सात सय पचास) जरिवाना सुनाएकोमा चौधरी फरार अवस्थामा रहेको र प्रहरीले खोजतलास जारी राखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

उनलार्ई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले लुकिछिपी बसेको अबस्थामा नियन्त्रणमा लिई फैसला कार्यन्वयन लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाईको गौतमले जानकारी दिनुभयो ।