Sunday, May 17News That Matters

जवरजस्ती करणीका फरार प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गर्यो

पूर्णपुष्टि, साउन ५

जवरजस्ती मुद्धाका फरार प्रदिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमावार पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका रत्न बहादुर राईको छोरा ४१ बर्षिय बिजय थुलुङ राईलाई जवरजस्ती मुद्धामा फरार रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

राई मिति २०७३।१०।१८ गते जवरजस्ती करणी उद्योग मुद्दामा वरादात पश्चात फरार रहेको अवस्था थियो । उनलाई ईप्रका बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरेको हो । नियन्त्रणमा लिएको राईलाई फैसला कार्यन्वयन लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।