Sunday, May 17News That Matters

कक्षा १२ को परिक्षा साउन ३१ देखि हुने, होम सेन्टरमै परिक्षाको व्यवस्था

पूर्णपुष्टि, साउन ५

कोरोनाका कारण समयमै हुन नसकेको कक्षा १२ को परिक्षा यहि साउन ३१ गते बाट हुने बोर्डले निर्णय गरेको छ । परिक्षा होम सेन्टरमै राखेर गराईने भएको छ । आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो । परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

‘१०० पूर्णांककै लिखित परीक्षा लिईने लिईने अध्यक्ष पौडेलले बताए ।  परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो । जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो ।