Wednesday, June 17News That Matters

उदयपुरमा तीन दिनदेखि १३ बर्षीय बालक बेपत्ता

पूर्णपुष्टि,जेष्ठ २२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१३, अल्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल तीन दिन देखि बेपत्ता भएको छ । लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्यायनरत कटुवाल स्कुलबाट घर फर्कना साथ स्कुलकै पोशाकमा आफ्ना कपडाहरु बोकेर घरबाट निस्किएको उनका दिदी उर्मिला कटुवाल(खड्का)ले बताईन् । उनले भाई घरबाट निस्किएपछि बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी हुन् ।

स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए।