
पूर्णपुष्टि, वैशाख २७ गते ।
उदयपुरमा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ । किशोरीलाई करणी गरेको अभियोगमा बेलाका नगरपालिका–६ बस्ने २६ वर्षीया गणेश राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ करणी गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
