उदयपुरमा १६ केजी बढी गाँजा सहित २ जना पक्राउ

पूर्णपुष्टि, मंसिर २९ । उदयपुरमा लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–४ मालवासेका ५५ बर्षीय मोटे रोका र २३ बर्षीय नेत्र परियार रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार उदयपुरगढी गाउँपालिका–७ हाडेबास स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुलाई गाँजा सहित पक्राउ गरेको हो । उनिहरुको साथबाट १६ केजि ३३० ग्राम गाँजा बरामद भएसँगै प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0