Saturday, April 26News That Matters

उदयपुरमा १८ हजार बढी किशोरीलाई लगाईयो एचपिभि खोप

पूर्णपुष्टि, फागुन ३ । उदयपुर जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको एचपिभि खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । माघ २२ देखि फागुन ३ गतेसम्म संचालित अभियानमा १८ हजार ३८९ जना किशोरीहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिए ।

जिल्लाको आठवटा स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई यो खोप लगाइएको हो । खोप कार्यक्रम २८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य केन्द्र र बाह्य खोप केन्द्र गरी कुल ३९६ खोप केन्द्रबाट संचालन गरिएको थियो ।

निरौलाका अनुसार जिल्लाभरमा १९ हजार किशोरीहरुलाई एचपिभि खोप लगाउने लक्ष्य राखिएकोमा करिब ९१ प्रतिशत लक्ष्य पूरा भएको छ । उनले बाँकी ९ प्रतिशत लक्षित वर्गलाई पनि खोप लगाउने तयारी भइरहेको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार एचपिभि खोपले पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सक्छ । प्रजनन उमेर पुग्नुभन्दा अगावै यो खोप लगाउँदा बढी प्रभावकारी हुने मानिन्छ । स्वास्थ्य कार्यालयका अनुसार यस अभियानमा शिक्षक र स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिताले लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।