Saturday, June 27News That Matters

उदयपुरमा १ लाख १४ हजार बालवालिकालाई शुत्रबार देखी टाईफाई विरुद्धको खोप लगाईने

पूर्णपुष्टि, चैत्र २३
नेपाल सरकारको नियमित खोप अन्तरगत टाईफाई विरुद्धको खोप अभियान चैत्र २५ गते बाट देशैभर संञ्चालन गरिने भएको छ । देशभर रहेका ७ ओटै प्रदेशहरुमा यो खोप लगाईने छ । यसै क्रममा उदयपुरमा पनि १ लाख १४ हजार बालबालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका प्रमुख वृज कुमार दासका अनुसार उदयपुरमा १५ महिना देखी १५ बर्ष सम्मका बालवालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने जनाएको छ ।

खोप जिल्लामा पहिलो र दोस्रो चरण गरी लगाईने प्रमुख दासले जनाए । पहिलो चरण २५ गते देखी ३० गते सम्म त्रियुगा, चौदण्डीगढी, बेलका, रौतामाई र लिम्चुङमा खोप अभियान संञ्चालन गरिने जनाईएको छ भने दोस्रो चरणमा बैशाख ४ बाट कटारी, ताप्ली र उदयपुरगढीमा खोप संञ्चालन गरिने प्रमुख दासले जनाएको छ । दासका अनुसार खोपका लागि आवश्यक स्रोत साधनहरु सबै उपलब्ध भैसकेको र यसको तयारी भव्य रुपमा पुरा गरिएको समेत जनाए ।

लिम्चुङबुङ र रौतामाईले खोप सहितका सामानहरु नै लिएर गैसकेको पनि दासले जनाए । अधिकांश वालवालिकाहरु विद्यालयमा हुने भएकाले खोप केन्द्रहरु पनि विद्यालय स्थरमै रहने जनाईएको छ । यसका लागि विद्यालयका प्रधानाध्यापक सँग व्यवपक व्यवस्थापनहरु मिलाईएको स्वास्थ्य कार्यालय उदयपुरको भनाई छ ।

नेपालमा टाईफाई विश्वको तुलनामा १५ गुणाले बढी

स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकृत चिरन्जीवी निरौलाले नेपाल सरकारको निशुल्क नियमित खोप अन्तरगत टाईफाई विरुद्धको खोप लगाउन लागिएको जनाए । उनले यस अघी नेपाल सरकारको नियमित खोप तर्फ १२ ओटा मात्र खोप रहेपनि टाईफाईलाई थपेर १३ ओटा बनाईएको जनाए ।

चिरन्जीवि निरौला, सूचना अधिकारी स्वास्थ्य कार्यालय उदयपुर

नेपालको सन्दर्भमा टाईफाई अत्यादिक जोखिम रहेको अधिकृत निरौलाले जनाए । १ लाख मानिस भित्र १ सय जनामा मात्र टाईफाई रोग फेला परेको अवस्थामा यसलाई उच्च जोखिमको संज्ञा दिईने गरेको निरौलाको भनाई छ । तर नेपालका सन्दर्भमा भने ४ लाख बढी मानिस टाईफाई बाट ग्रसित भई विश्वको तुलनामा १५ गुणा बढी यस रोग बाट पिडित रहेको जनाए ।

खोप नेपालमै पहिलो पटक, बालवालिकाहरुलाई बिषेश प्राथामिकता

पछिल्लो समय नेपालीहरुमा टाईफाई संक्रमण उच्च रहेको विश्लेषण गर्दै यसलाई नेपाल सरकारको नियमित खोप कार्यक्रममा राखेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो बिषेशगरी बालबालिकाहरुमा अत्यादिक जोखिम रहेको तथ्याङकले देखाएको छ । टाईफाई विरुद्धको खोप करिब २५ बर्ष सम्मको अनुसन्धान पछि प्रयोगमा ल्याउन लागिएको हो । यो ठुला मान्छेहरुमा भन्दा पनि बढी बालवालिकाहरुमा अत्यादिक देखिने समस्या रहेको कार्यालयले जनाएको छ । यो खोप नेपालमै पहिलो पटक भएकाले हाल १५ बर्ष मुनि देखि १५ महिना सम्मकोहरुलाई लगाईने र अन्य समयमा भने नियमित खोप अन्तरर्गत १५ महिना पुगेपछि लगाईने कार्यालयले जनाएको छ ।

अनिवार्य खोप लगाउन र वालवालिकाहरुलाई सभागी गराईदिन स्वास्थ्य कार्यालयको अनुरोध

स्वास्थ्य कार्यालय उदयपुरले खोप अत्यादिक महत्व रहेको जनाएको छ । यो नेपालीहरुका लागि निकै सुखद र राम्रो अवसर समेत नेपाल सरकारले उपलब्ध गराईदिएको जनाए । रोग लाग्न नदिन उच्च सतर्कताका साथ यो खोप नेपाल सरकारले नियमित खोप कार्यक्रममा समावेस गरेको हो । यसलमई उत्साहका साथ सदुपयोग गरी टाईफाई बाट बच्न कार्यालयको अनुरोध छ । पानी र खानाको दुषितले गर्दा यो रोगले च्याप्ने र उपचार नपाए मृत्यु समेत हुने भएको हुँदा यसलाई निकै जोखिम मानिएको जनाईएको छ । यो बिषेगरी दिसा बाट सर्ने हुँदा खाने पानी र खानाहरुमालाई झिँगाहरु बाट जोगाउनु पर्ने र राम्रो छोपछाप गरेको खानाहरु मात्र खानु पर्ने कार्यालयको सुझाव छ । बिषेशगरी झिँगाहरु दिसा सँग सम्बन्धित रही घरको खाना, पानीमा बस्ने हुँदा खुल्ला दिसापिसा नगर्न समेत अनुरोध गरे ।

खोपका लागि उदयपुर जिल्लाभर करिब ८ सय २७ जना स्वास्थ्यकर्मी र २३ सय ४ जना स्वययंसेवकहरु फिल्डमा खटाईने सूचना अधिकृत निरौलाले जनाए । उनका अनुसार त्रियुगामा करिब ८० ओटा खेप केन्द्र राखिएको छ । जसमा विद्यालयका २८ हजार १०३ र विद्यालय बाहिरका ६ हजार ५७ गरी ३४ हजार १६० जानालाई खोप दिईने जनाए ।

यस्तैगरी कटारीमा ७९ ओटा खोप केन्द्र रहेकोमा विद्यालय बाहिर र विद्यालय भित्र गरी २२ हजार २६१, चौदण्डीगढीमा ४५ खोप केन्द्रमा १६ हजार ५२१, बेलकामा ४८ ओटा खोप केन्द्रमा १३ हजार ४२६, रौतामाईको ६१ ओटा खोप केन्द्रमा ८ हजार ३७७, उदयपरगढीको ५८ खोप केन्द्रमा ११ हजार ५२३, ताप्लीको ४९ खोप केन्द्रमा ४ हजार १६५ र लिम्चुङबुङको २९ ओटा खोप केन्द्रमा ४ हजार १३१ जना बालवालिकाहरुलाई खोप लगाईने कार्यालयले जनाएको छ ।