पूर्णपुष्टि, पुष २० । उदयपुरमा बन मुद्दाका २ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ बस्ने वर्ष ३४ को कुमार बि.क. र वर्ष ३८ का सागर सदा रहेको प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरी नायक उपरिक्षक (डिएसपी) हरिनन्द चौधरीका अनुसार बिहिवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालतले वन मुद्दामा बि.क. लाई १० दिन कैद र ११ हजार रुपैँया जरिवाना तोकेको थियो भने सदालाई १ महिना कैद र ११ हजार ५ सय ७२ रुपैँया जरिवाना तोकेका थिए । सजाय भुक्तान नगरी फरार रहेका उनिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।