Saturday, June 20News That Matters

उदयपुरमा ३७ कोरोना संक्रमित थपिदा, १७०९ संक्रमण मुक्त भए

पूर्णपुष्टि, असार ११

उदयपुरमा आज (शुक्रबार) थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २३ पुरुष र १४ महिला गरी ३७ जना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ हजार २ सय १३ पुगेको हो ।

आज थपिएकाहरु चौदण्डीगढी, त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा आज सवैभन्दा बढी २० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ पुरुष र ७ महिला रहेका जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढीमा केही दिन यता संक्रमणदर तीव्र देखिन थालेपछि आजबाट अति आवश्य कामबाहेकका अन्य सवै कामहरुलाई ठप्प पारिएको छ ।

त्यस्तै, त्रियुगामा ६ पुरुष र ५ महिला गरी ११, कटारीमा २ पुरुष र २ महिला गरी ४ जना र बेलकामा २ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ४७ पुरुष र ७ सय ६२ महिला गरी जम्मा १ हजार ७ सय ९ पुगेको छ । हालसम्म जिल्लामा २ सय ३३ पुरुष र २ सय २२ महिला गरी ४ सय ५५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ३४ पुरुष र १५ महिला गरी ४९ जना रहेको छ ।