Tuesday, July 21News That Matters

उतकृष्ट ४० कविहरुलाई पछि पार्दै राष्ट्रिय कविता महोत्सवमा प्रथम बनिन् कविता राई

पूर्णपुष्टि, असार ११

भोजपुरकी कविता राई राष्ट्रिय कविता महोत्सवमा प्रथम बनेकीछिन् ।

बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी हुन ।

कोरोना महामारीका कारण प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट कविता महोत्सव गरेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३०(३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा राईको ‘देशको नक्सा’ बोलको कविता प्रथम हुन सफल भएको हो । त्यसैगरी अमृता स्मृति द्वितीय, सविता बराल, निरञ्जनाकुमारी चन्द र प्रकाश सिलवाल तृतीय भएका छन् ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्ययका अनुसार द्वितीय स्मृति धादिङकी हुन् भने तृतीय भएका बराल, चन्द र सिलवाल क्रमस ताप्लेजुङ, बर्दिया र नुवाकोटका हुन् ।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए ।