Sunday, June 21News That Matters

करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गयो

पूर्णपुष्टि, असार १२

उदयपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको लिम्चुङबुङ गा.पा.वडा नं. ३ दोबाटे स्थित ससुराली घरमा बस्दै आएको बर्ष २५ को उमेश परियारको करेन्ट लागेर ज्यान गएको हो । परियारको भैसि चराउन गएको अवस्थामा नजिकै रहेको बिजुलिको खम्बामा चड्दा अचानक करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

ताप्ली गाउँपालिका २ घर भई हाल लिम्चुङबुङ बस्दै आएको परियारको करेन्ट लाग्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना बारे टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय लिम्चुङबुङमा खबर प्राप्त हुना साथ लिमचुङबुङबाट प्रहरी टोलि घटना स्थाल गएको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटेको जनाएको छ ।