Friday, February 7News That Matters

उदयपुरमा ३ केजी गाँजा सहित बोलेर चालक पक्राउ

पूर्णपुष्टि, माघ ४ । उदयपुरको बेलका नगरपालिका–८ स्थितबाट ३ केजी गाँजा सहित बिहिबार बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर आमचोक १ का २५ बर्षीय दाजुङ शेर्पा रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहालका अनुसार अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले को १ ज ३४९९ नम्बरको बोलेरो गाडीको जेब्रा झोलामा लुकाइछिपाइ ल्याइएको गाँजा बरामद भएको हो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विगत केही वर्षदेखि जिल्लाको पूर्वी नाका हुँदै अवैध गाँजाको तस्करी हुँदै आएको छ । भोजपुरको तल्लो भेगमा उत्पादन हुने गाँजा प्रायः भारततर्फ निर्यात हुने गरेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा बढ्दो गाँजा तस्करी नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको छ । पक्राउ परेका शेर्पामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।