
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डमा रहेको राम प्रसाद राईको घरबाट जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा घरधनी वडा नं. १३ का ४५ बर्षीय राम प्रसाद राई, सोही वडाका ५० बर्षीय चिरञ्जिवी राई, ३५ बर्षीय वालकृष्ण राई, ३० बर्षीय निरज कटुवाल, वडा नं. ७ बस्ने ४५ बर्षीय रीत वहादुर राउत, ६२ बर्षीय जाल बहादुर मगर, वडा नं. ६ का ७५ बर्षीय मदन राउत, वडा नं. १६ बस्ने कुमार कार्की, वडा नं. १२ वस्ने ३४ बर्षीय राजिन्द्र राई, वडा नं. ४ बस्ने ५२ बर्षीय तिलक बहादुर बुढाथोकी, रौतामाई गाउपालिका वडा नं. ०३ बस्ने ३५ बर्षीय राज कुमार कटुवाल र सप्तरी सम्भुनाथ नगरपालिका–३ बस्ने २२ बर्षीय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक सुमन बानियाको कमाण्डमा खटिएको प्रहरी टोलीले ३ लाख १ सय ८० रुपैयाँ नगद, २२ वटा कौडा र ३ बुक तास बरामद गरेको हो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।