Friday, June 12News That Matters

उदयपुरमा ४४ प्रतिशत धान रोपाई सकियो

पूर्णपुष्टि, असार २९ गते ।
उदयपुरमा विगको वर्ष भन्दा यो वर्ष मनसुन अगाडी नै भित्रीए पनि धान रोपाई भने ४४.१३ प्रतिशत मात्रै सकिएको छ ।
कृषि ज्ञान केन्द्र उदयपुरले दिएको तथ्याक अनुसार वर्षे धान १३ हजार ३ सय ८० हेक्टर जमिनमा रोपाई गरिन्छ । जसमध्ये ५ हजार ९ सय ४.५६ हेक्टरमा जमितमा रोपाई सकिएको छ । यता जिल्लामा चैते धान १ हजार ५ सय ५४ हेक्टर जमिनमा रोपाई गरिएको छ ।
त्रियुगा नगरपालिकामा हालसम्म ४८ प्रतिशत धान राई सकिएको कृषि ज्ञान केन्द्र उदयपुरका निमित प्रमुख महेश कुमार चौधरीले बताए ।
यता खेतीको लागि सबैभन्दा बढी उत्तम मानिएको बेलकामा ४० प्रतिश धान रोपाई भएको छ । चौदण्डीगढीमा ४३ र कटारीमा ४२ प्रतिशत धान रोपी सकिएको चौधरीले बताए ।
उदयपुरगढी गाउँपालिकामा ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । यता, लिम्चुङबुङमा अरु पालिकाको तुलनामा सबै भन्दा बढी ५७ प्रतिशत धान रोपेर सकिएको छ ।
यस्तैगरी, ताप्लीमा ३८ प्रतिशत र रौतामाईमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको चौधरीले जानकारी दिए ।
धानको पकेट क्षेत्र मानिएका, जोगिदह, हडिया, सुन्दरपुर, कटारी, हर्देनी, बेल्टार, मंयाखु, रौता, पंचावती, तपेश्वरी, रामपुर, रातापानी लगायतका स्थानीय कृषकहरु आकाशे पानीको भरमा निर्भर छन । जिल्लामा वर्षे धान र चैते धान गरी १४ हजार ९३४ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ ।