Friday, February 7News That Matters

उदयपुरमा ५४ केजी गाँजा बोकेर हिडेँका एक जना पक्राउ

पूर्णपुष्टि, पुष १६ । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ धेप्चेबाट ५४ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका १ का बर्ष ३६ का चित्र बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार शनिबार दिउँसो विशेष सुचनाको आधारमा बिक्रिको लागी गाँजा बोकेर हिडिरहेको मगरलाई पक्राउ गरिएको हो । मगर गाँजाको कारोवारी गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको मगरको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।