
पूर्णपुष्टि, साउन १०
उदयपुरमा चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप भोलीबाट लगाइने छ । जिल्ला स्वास्थ्य कार्यालयका उदयपुरका अनुसार ५५ वर्ष वा सो भन्दा माथिका पहिलो मात्रा खोप लगाउन बाँकी रहेका नागरीकहरुलाई खोप लगाइने छ । सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवा अन्तर्गत खट्ने कर्मचारीलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्रियुगा नगरपालिका अन्तर्गतको स्वास्थ्य चौकीहरुमा साउन ११ र १२ गते, उदयपुर अस्पतालमा ११,१२ र १४ गते र त्रियुगा नगरपालिका भवनमा ११,१२,र १३ गते खोप लगाउने कार्यक्रम रहेकोे छ । उदयपुर अस्पतालमा १३ गते नियमित खोप सञ्चालन गर्नु पर्ने भएकाले कोरोनाको खोप १३ गते बन्द गरिने छ ।
त्यस्तै, चौदण्डीगढी र बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा ११ र १२ गते खोप लगाउने कार्यक्रम हरेको छ । ताप्ली र कटारीका स्वास्थ्य चौकी र अस्पतालहरुमा १२ र १३ गते खोप लगाईने छ । रौतामाई र लिम्चुङबुङका स्वास्थ्य चौकीहरुमा १३ र १४ गते खोप लगाउने कार्यक्रम रहेको स्वास्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप लगाउन आउदा अनिर्वायरुपमा उमेर खुल्ने कागजात, कार्यालयको परिचय पत्र लिएर आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

