
पूर्णपुष्टि, साउन १०
बैँकिङ कसुरमा फरार प्रतिवादी एक महिलालाई काठमाण्डौको बुढानिलकण्ठ देखि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् । उनलाई उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो ।
हरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भण्डारीलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।
भण्डारीले २०७८ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्या मुक्तिनाथ बिकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएकी थिइन् ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।
