Tuesday, April 21News That Matters

उदयपुरका सामुदायी तथा निजि विद्यालयहरुलाई चर्को शुल्क बापत लुट धन्दाको आरोप, अनलाईन कक्षाको शुल्क नलिन आग्रह

पूर्णपुष्टि, साउन १०

उदयपुरका ४ विद्यार्थी संगठनहरुले कोरोनाको बेला अनलाईन कक्षाको निउमा लुटिरहेको भन्दै यो कार्य तत्काल रोक्न सामुदायीक तथा निजि विद्यालयहरुलाई चेतावनी दिएको छ ।

आईतबार ४ ओटै संगठनका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाउँदै बिभिन्न निउमा निजि तथा सामुदायीक विद्यालयहरुले लिरहेको चर्को शुल्क तत्काल बन्द गरियोस भन्दै पत्र बुझाएको हो । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल क्रान्तीकारी र नेवि संघले एकबद्धताका साथ साहयक सिडियो विनोद पोखरेललाई पत्र बुझाएको छ ।

उनिहरुले बिभिन्न १३ बुँदाहरुमा आफ्नो माग समेट्दै विद्यालयहरु शुल्कबारे नसच्चिय कडा आन्दोलनको तयारी गर्ने समेत जनाएको छ ।

अनलाईन कक्षा प्रभावकारी हुन नसकिरहेको बेला विद्यार्थीहरु बाट भने चर्को शुल्क असुल्दै आएको संगठनहरुको आरोप छ ।

विद्यार्थीहरुले अनलाई नलिएको भएपनि शुल्क भने विद्यालयहरुले लिरहेको पत्रमा उल्लेख गरिएको छ । बिषेशगरी सामुदायीक तथा निजि विद्यालयहरुले बिभिन्न शिर्षकमा विद्यार्थीहरु संग उठाउने चर्को शुल्क बन्द गर्नु पर्ने संगठनले माग राखेको छ ।

संगठनले बिषेशगरी विद्यालयहरुले शुल्कमा एकदमै ध्यान पुराउनु पर्ने भनिएको छ । अनलाईन कक्षाको शुल्क, परिक्षा शुल्क, पाठ्य पुस्तक, कोचिङ, ट्युसन,  गाडीभाडा, खेलकुद, ल्याव लगायतको बिभिन्न शुल्कहरु अत्यादिक बढेको भन्दै यस्लाई रोक्न पत्रद्धारा सम्बन्धित क्षेत्रहरुलाई ध्यानाकर्षण गराएको हो ।

पत्रमा उल्लेखित अनुसार बिभिन्न बाहानामा चर्को शुल्क विद्यार्थीहरु बाट अशुल्दै आएको विद्यालयहरुलाई आरोप लागेको छ । यो तत्काल रोक्नु पर्छ विज्ञाप्तीमा भनिएको छ ।

यता साहय प्रमुख जिल्ला अधिकारी पोखरेलले यो पत्र शैक्षिक क्षेत्रमा आबद्ध संघ संस्था, विद्यालय, अबिभावकहरु समक्ष पठाउने र सबै संग छलफलमा बसी समस्याको सामाधन गर्ने हिसावले माग अनुसारको छलफल गराउने बताउनुभयो । उहाँले पहिले वार्ता बाट जानु पर्ने र समस्या सुधार नआए सोही अनुसार कदम चाल्नु पर्ने बताउनुभयो ।