Tuesday, April 21News That Matters

चीनबाट आएको २४ हजार ६ सय भेरोसेलको खोप उदयपुर आइपुग्यो, ११ गतेबाट खोप लगाउने तयारी

पूर्णपुष्टि, साउन १०

चीनबाट आएको २४ हजार ६ सय कोरोना विरुद्धको भेरोसेल खोल शनिबार उदयपुर आईपुगेको छ । भेरोसेल खोप यही साउन ११ गतेदेखि लगाउने गरी स्थानीयतहहरुलाई बितरण भईरहेको जिल्ला  स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

यस पटकको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने छ । यसअघि पहिलो चरणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक, सबबाहन चाक र सरसफाईकर्मीलाई दिइएको थियो भने दोस्रो चरणमा ६२ वर्षमाथिका बृद्धबृद्धालाई दिइएको थियो ।

सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवा अन्तर्गत खट्ने कर्मचारीलाई पनि खोप दिइनेछ ।

खोप सहजरुपमा सबैतिर पुर्याउने व्यवस्था मिलाउन ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई बितरण भईरहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका खोप सुपरपाईजर चिरञ्जिवी निरौलाले अहिलेसम्म उदयपुरमा २० हजार ५ सयलाई भारतीय कम्पनीको कोविसिल्ड खोप दिइसकिएको बताउनुभयो । सुरुमा खोप लिने १५ हजार ४ सयमध्ये १२ हजारले भने पहिलो मात्रा मात्र लिन पाएका छन् । २०७७ माघ १४ देखि चलाइएको खोप अभियानमा १२ हजारले पहिलो मात्रा लगाएकोमा ३ साताभित्र लगाउनुपर्ने दोस्रो मात्राको खोप भारतले नदिएपछि ६ महिना बित्नलाग्दासम्म लिन पाएका छैनन् । फागुन, चैत र वैशाखमा सोही कम्पनीको खोप ३ हजार ४ सय जनाले भने दुवै मात्रा लिइसकेका छन् ।

२०७८ जेठ २५ देखि चलाइएको अर्को चरणको खोप ५ हजार १ सयले लगाएका छन् । चाईनिज कम्पनीको भेरोसेलल खोप लगाउनेहरु सबैले दुवै मात्रा पाईसकेको सुपरभाईजर निरौलाले बताउनुभयो । अहिलेको खोप पनि भेरोसेल नै हो र यो पनि दुवै मात्रा लगाउन मिल्ने गरी मौज्दात राखिएको उहाँले बताउनुभयो ।

निरौलाका अनुसार आउँदो १५ दिनभित्र अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ हजार डोज खोप पनि बिराटनगर आउने तयारीमा छ । बिराटनगर आएपछि उदयपुरमा पनि आउने र सो खोप ५० वर्षभन्दा माथिका उमेर समूहलाई दिइने छ ।