Tuesday, April 21News That Matters

१८ वर्षीया किशोरी करणी अभियोगमा २ जना पक्राउ

पूर्णपुष्टि, साउन १०

डडेल्धुरामा १८ वर्षीया किशोरी करणी गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । परशुराम नगरपालिका–५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

आलिताल गाउँपालिकाकी १८ वर्षीया किशोरीले साउन ५ गते बुडरबाट मोटरसाइकलमा घर पु¥याइदिने भन्दै बाटोमै आफूमाथि जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा दिएकी थिइन् ।

उजुरीमा एक युवकले आफूमाथि जबरजस्ती करणी गरेको र अर्का युवक पनि घटनामा सँगै भएकोले अनुसन्धानका लागि दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै युवकमाथि अदालतबाट सात दिन थुनामा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।