उदयपुरमा ५६० कि. वि. अवैध काठ सहित दुई जना पक्राउ

पूर्णपुष्टि, पुष ८ । उदयपुरमा ट्रकमा ल्याएको अवैध काठ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मोरङ बेलबारी नपा–४ बस्ने २७ बर्षीय सोम बहादुर भुजेल र तेह्रथुम लालीगुराँस नपा–३ बस्ने १९ बर्षीय केदार बानिया रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार इप्रका वेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका वडा नं ७ कल्याणचौक स्थितमा प्र.१–०२–००२ ख ००६२ को ट्रकमा अवैध रुपमा ल्याइएको उतिस जातको गोलिया काठ बरामद गरेको हो । प्रहरीले अ.५६० कि. वि. काठ बरामद गरेसँगै उनिहरुलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए ।  पक्राउ परेका उनिहरुलाई कारबाहीको लागि डिभिजन वन कार्यालय गाईघाट उदयपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
1
+1
0
+1
0