Wednesday, July 1News That Matters

उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले लगाए कोरोना खोप

पूर्णपुष्टि, माघ २१

हाल सम्म उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले कोरोना खोप लगाएका छन् । १४ गते बाट सुरु गरिएको देशव्यापी खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई प्राथामिकतामा राखि खोप अभियान सुरु गरिएको थियो ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी र जिल्ला हस्पिटल उदयपुरका प्रमुख जीवनारायण मण्डलले खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरेका थिए ।

हाल सम्म ५७७ जना मध्ये पुरुष ३१६ र महिला २६१ गरी कुल ५७७ स्वास्थ्यकर्मीहरुले खोप लगाई सकेको स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए ।

अग्रपंक्तिमा खटिरहेका जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने कार्यक्रम अनुसार सबै स्थानहरुमा खोप लगाउने कार्य भएको  र बाँकी रहेको अवस्थामा भने यसलाई निरन्तर दिने सुवेदीले बताए ।

नेपाल सकरकारले भारत बाट उपलब्ध भएको खोपलाई पहिलो चरणमा स्वास्थ्यकर्मीहरुका लागि भनेर ७७ ओटै जिल्लामा खोप पठाएका थिए ।

सरकारले खोप केन्द्र, प्रदेश र स्थानीय स्थर सम्म मिलाएर वितरण गरिएको थियो । देशको ७ ओटै प्रदेशमा खोप केन्द्र बनाई प्रदेश बाट जिल्ला सम्म खोप ल्याउने व्यवस्था गरिएको थियो । उदयपुरमा प्रदेश कार्यालय विराटनगरले १२ सय खोप पठाएको थियो ।

प्रमुख सुवेदीका अनुसार पहिलो चरणको खोप अग्रपंक्तिका स्वास्थ्यकर्मी, सरसफाई, सुरक्षाकर्मीहरुलाई प्राथामिकतामा राखिएको बताए । खोप चरणबद्ध रुपले देशका सबै नागरिकहरुले लगाउन पाउने उहाँले बताउनुभयो ।