
पूर्णपुष्टि, बैशाख ३०
उदयपुरमा १ बजे सम्म ५० प्रतिशत मत खसेको छ । ७ बजे देखी सुरु भएको मतदान कार्य ६ घण्टाको अबधिमा करिब ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख दिपक खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार सो अबधिमा ५० प्रतिशतले मतदान गरेको छ । यस्तै जिल्लाको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा भने बर्षातले समस्या बनाएको छ । बर्षाकै समयमा पनि मतदाताहरुले उत्साहपूर्ण तरिकाले मतदान गरिरहेको अवस्था छ । पानीबाट छल्ने कोठाहरुमा मतदान व्यवस्था गरेर पनि मतदान भने रोकिएको छैन् । उदयपुरका आठ पालिकाको ९८ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भैरहेको छ । मुख्य निर्वाचन अधिकृत खनालले जिल्लाभरी नै सौहाद्र्धपूर्ण वातावरणले मतदान भैरहेको जनाउनुभयो ।
