Wednesday, June 3News That Matters

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत : खत्री पक्राउ

पूर्णपुष्टि, चैत १ गते ।
उदयपुरमा नौं वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । जिल्लाको बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई करणी अभियोगमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर करणी गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।