
पूर्णपुष्टि, २२ भदौ ।
उदयपुरे युवा कवी जिवन (आरोही) काठमाण्डौँमा पुरस्कृत भएका छन् । राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव( २०८०ू ले पुरस्कृत गरेको हो । उनलाई सर्वोत्कृष्ट कविको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेको छ ।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलबाट राईलाई भव्य पुरस्कृत गरेको हो । गत असार ९ गते आयोजित राष्ट्रिष कविता महोत्सवमा पनि कवि आरोहीद्वारा लिखित प्रश्नहरुको विज्ञाप्ति शीर्षकको कविता सर्वोत्कृष्ट छनोट भएको थियो । राई पेसाले शिक्षक भएपनि साहित्य क्षेत्रमा लामो समयदेखी योगदान पुराउँदै आएको उत्कृष्ट कवि समेत हुन् ।