Thursday, April 23News That Matters

उदयपुर अदालतले केही महत्वपूर्णबाहेकका कार्य दुईदिन स्थगित गर्ने

पूर्णपुष्टि/उदयपुर, भदौ २६ ।
जिल्ला अदालत उदयपुरले आज एक सुचना जारी गर्दै नियमित मुद्दाका सुनुवाई तथा अन्य निवेदन लिन स्थगित रहेको जनाएको छ ।
अदालतका निमित्त श्रेष्तेदार डिल्लीरमण तामाङद्वारा हस्ताक्षरित सुचनाले आज र भोली (भदौ २६ र २७ गते) नयाँ निवेदन र नियमित मुद्दाका सम्पूर्ण सुनुवाई स्थगित भएको जनाएको हो । बन्दीप्रत्याक्षीकरण निवेदन सुनुवाई, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमती प्रदान गर्ने र जरुरी पक्राउ स्विकृती, म्याद थप र थुनचेक सम्बन्धी कार्य भने हुने जनाइएको छ । यस बाहेकका अदालतका अन्य कार्य सम्पादन तथा जिम्मेवारीमा पर्ने कार्य दुईदिन स्थगित रहेको जनाइएको छ ।
अदालतको आजको फुलकोर्टको निर्णायानुसार सुचनामार्फत जानकारी दिइएको हो ।