Tuesday, July 7News That Matters

उदयपुर अस्पतालमा भोली अप्रेसन गर्ने भन्दै राखिएका घाईतेको मृत्यु, आफन्तको आपत्ति

पूर्णपुष्टि, पुष १३
र्घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएका विरामीको जिल्ला हस्पिटल उदयपुरमा मृत्यु भएको छ । त्रियुगा नगरपालिका १५ बरुवाका ५५ बर्षिय दल वहादुर राईको बुधबार करिब ३ बजेको समयमा मृत्यु भएको आफन्तहरुले जनाएको छ । रुखबाट लडेर घाईते भएका राईलाई करिब ११ बजे जिल्ला हस्पिटल उदयपुर झारिएका थिए । मृतकका काकाकी छोरी संगिता राईका अनुसार हस्पिटलले नर्मल नै रहेको र बाहिर लैजानु नपर्ने भनेपछि आफुहरु ढुक्क अवस्थामा रहेको बेला काकाको मृत्यु भएको जनाईन् । अचानक काकाको मृत्यु भएपछि यतिवेला आफन्तहरुले आपपत्ति जनाएका छन् । बिरामी सित उनकी श्रीमती र साना साना बच्चाहरु मात्रै हस्पिटल आएका थिए । पछि बिरामीका आफन्तहरुले बाहिर लैजाने भन्दै आए पनि बाहिर लानु नपर्ने डाक्टरले सल्लाह दिएको संगिताले जनाईन् ।

सामान्य भन्दै राखेका विरामीको अवस्था जटिल रहेको आफन्तहरुले बताए । बिरामीलाई निकै गाह्रो भैसकेको रहेछ, पछि ठुलो ममि आएर बिरामीको अवस्था बताउँदै डाक्टरलाई गाली गरेर औषधी लिन जानुभएको थियो, तर फर्केर आउँदा बिरामीलाई बोलाउँदा बोलाउँदै दुई पटक जिव्रो निकाल्नु बाँकी केहि बोल्नु भएन,“ संगिताले भनिन्” । आफन्तहरुका अनुसार हस्पिटले बिरामीको एक्सरे बाहेक अन्य उपचार नगरिएको जनाए । एक्सरे पश्चात नर्मल रहेको भन्दै बिरामीलाई अड्काएर राखेको उनिहरुको भनाई छ । मृतक राईको भाईकी छोरी अनिता राईले डाक्टरले भित्र खासै असर नदेखीएकाले यहि उपचार हुने भनेको खुलाईन् । अनिताका अनुसार हस्पिटलको हार्डजोर्नी तथा नसा सम्बन्धिका डा. शशि रन्जन प्रधानले अवस्था सामान्य रहेको र यहि उपचार हुने भनेको जनाईन् । डा. प्रधानले हामिकाहा सुविधा सम्पन्न हार्डजोनि तथा नसाको उपचार हुन्छ ६ महिना बाट यहि उपचारको राम्रो व्यवस्था छ भनेर भन्नुभयो, अनिताले भनिन् । त्यसपछि हामिले कति खर्च लाग्छ कहिले अप्रेसन हुन्छ भन्दा आज पेटको उपचार गर्ने औषधीहरु ल्याउने र भोली मात्रै अप्रेसन गर्ने भनरे डाक्टरले भन्नुभयो । भोली अप्रेसन गर्ने भनेर राखेको ठुलो बाबाको आजै मृत्यु भयो यो दुखद हो, अनिताले भनिन् ।
जिल्ला अस्पताल उदयपुरले केही समय देखी जिल्लामा हार्डजोर्निको राम्रै उपचार गर्दै आएका थिए । जटिल तथा सामान्य गरी ६ सय भन्दा बढी जिल्लाले हार्डजोर्नी तथा नसाको उपचार गरिसकेको अवस्था थियो । तर अप्रेसन ढिलाईका कारण पनि होला यो घटनाका विरामीले भने सफल पाउन सकेन ।