उदयपुर अस्पतालमै पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार

पूर्णपुष्टि, पुष २७
उदयपुर अस्पतालमै महिलाको पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सहरु आएसँगै जिल्ला अस्पतालमा पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको हो ।
४ दिनअघि आङ खसेकी एक महिलाको पाठेघरको सफल अप्रेसन भएको अस्पतालले जनाएको छ । विगत १२ वर्षअघिदेखि खसेको आङ बोक्दै हिँडेकी रौतामाई–७ मुर्कुचीकी ५५ वर्षीया सीता मगरको पाठेघरको सफल अप्रेसन भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिनुभयो । उनका अनुसार आफू र डा. रितेश कर्णको टिमले गत २१ गते मगरको सफल शल्यक्रिया गरेको हो ।

यो सेवा उदयपुर अस्पतालले दिएको पहिलो हो । ५ दशक पुरानो अस्प्तालले यसअघि जटिल खालका गर्भवतीको अप्रेसनद्वारा सुत्केरी गराउने (सिएस) सेवासम्म दिँदै आएको थियो । अहिले अस्पतालमा आङ खसेको महिलाको अप्रेसन पहिलो घट्ना भएको र अब यसलाई निरन्तरता दिइने मेसु डा. झाले बताउनुभयो ।
साढे ३ वर्षअघि यहीँ अस्पतालमा गाईनो चिकित्सामा मेडिकल अधिकृत रहेर अनुभव बढुलेका झा गाईनोमै ३ वर्षे अध्ययन पूरा गरेर विशेषज्ञ डाक्टरको रुपमा मेसुको जिम्मेवारी लिएर एक महिनाअघि सरुवा भएर आएका हुन् । सरुवा भएर आएलगत्तै उनले सेवा विस्तार गर्ने क्रममा आङ खसेकी महिलाको अप्रेसन सेवा दिन सफल भएको बताउनुभयो । उनीसहित अब अस्पतालमा दुईजना गाईनोकोलोजिस्ट भएका छन् । यसअघिदेखि नै अस्पतालमा गाईनेमा डा. रितेश कर्ण कार्यरत रहनुभएको छ ।
पाठेघरको अप्रेसनसँगै अस्पतालमा एपेन्डिक्सका बिरामीको पनि सफल उपचार अस्पतालले गरेको छ । पषु १३ गते असह्य पेट दुखेर अस्पताल भर्ना भएकी एपेन्डिक्सको बिरामी त्रियुगा नगरपालिका १२ की १२ वर्षीया सरस्वती मल्लिकको सफल अप्रेसन भएको हो । इन्टरनल मेडिसिनमा विशेषज्ञ डा. अम्रेशकुमार महतो नेतृत्वको टिमले मल्लिकको अप्रेसन सफलतापूर्वक सम्पन्न गरेको डा. झाले बताउनुभयो ।

सेवा सुचारु भएपछि अब आङ खसेका महिला र एपेन्डिसाईटिक्स बिरामी उपचारका लागि धरान, बिराटनगर र काठमाडौँ धाउनुपर्ने समस्या हटेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्ग परियारले अब अस्प्तालमा छिट्टै आईसियु र भेन्टिलेटरसहितको सेवा सुचारु हुने पनि बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका अध्यक्ष परियारले आईसियु सञ्चालन गर्ने तयारी अस्पतालले तीब्र पारेको जानकारी दिनुभयो ।
अस्पतालका प्रशासन प्रमुख बृखबहादुर खत्रीले तत्काललाई पर्याप्त कोठा र केही उपकरण अभाव भएकाले भुईतलामा काम चलाऊ आईसियु सेवा सुचारु गर्न लागिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: