Wednesday, January 14News That Matters

उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले गरे भोटको अपिल

पूर्णपुष्टि, पौष २५ । उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले भोटको अपिल गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका–३ निवासी राई कडा प्रतिष्पर्धाको बिच सयौँ प्रतिष्पर्धीहरुलाई पछि पार्दै फाइनल चरणको उत्कृष्ट ६ प्रतियोगि बन्न सफल भएका हुन् ।

उत्कृष्ट ६ प्रतियोगि बन्न सफल राईले भोली (शनिबार) हुने अन्तिम प्रतिस्पर्धालाई लक्षित गर्दै आफ्ना शुभेच्छुक आफन्त जन तथा देश–विदेशमा रहेका सम्पूर्ण संगीत प्रेमी, दर्शक–श्रोता माझ आफूलाई भोट गरी सहयोग गरिदिन हार्दिक अपिल गरेका छन् । उनले डिजिटल क्यूआर मार्फत भोटको अपेक्षा गर्दै ‘भनेका छन्’ मेरो गायन यात्रालाई नयाँ उचाइमा पुर्‍याउन तपाईँहरूको साथ माया र समर्थन अमूल्य छ।

उनको सुरिलो र शुद्ध स्वर भावनात्मक गायन शैली तथा निरन्तरको अभ्यासले गर्दा उनले दर्शक र निर्णायकहरूको मन जित्न सफल भएका छन् । गीतको भावलाई आत्मसाथ गर्दै दशकको मन छुने उनको प्रस्तुति यस सिजनभर विशेष रुपमा चर्चित बनेको छ । गायन क्षेत्रमा अत्यन्तै मेहनती र अनुशासित मानिने विशाल राईले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रम सांस्कृतिक मञ्च तथा स्थानीय उत्सवहरुमा सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका थिए । आत्मविश्वासपूर्ण मञ्च प्रस्तुती, गायनमा देखिने मिठास र मिठास र दर्शकसँग सहजै जोडिन सक्ने क्षमता उनका प्रमुख विशेषता मानिन्छन् ।

स्थानीय गायन प्रतिभाको पहिचान र प्रवर्धन गर्ने उद्देश्यले आयोजित उदयपुर आइडल सिजन २ को भव्य अन्तिम प्रतिस्पर्धा बसघारा पार्टी प्यालेस गाईघाटमा हुँदैछ । आयोजकका अनुसार सिजन २ निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ । विजेताको निर्धारण निर्णायकको मूल्याङ्कन सँगै दर्शकको भोटले गर्ने भएकोले विशालको सफलताका लागि जनसमर्थन महत्वपूर्ण हुने देखिन्छ ।