Wednesday, June 3News That Matters

उदयपुर आईपुगिन् : समुन्द्र देखी सगरमाथा सम्म साईकलिङ यात्रामा रहेकी अस्ट्रियाका सव्रिना

पूर्णपुष्टि, फागुन २७
अस्ट्रिया नागरिक सविना फिल्ज्मोजर साईकलिङ यात्राको क्रममा उदयपुर आईपुगेकी छिन् । भारतको नजिकको समुन्द्र सतह वेस्ट बङगाल दिगाबाट नेपालमा रहेको विश्वकै अग्लो सगरमाथा सम्मको साईकलिङ यात्राको क्रममा उनि शुक्रबार उदयपुर गाईघाट आईपुगेकी हुन् ।

उनिले आफ्नो यात्राबारे जानकारी गराउन गाईघाटमा पत्रकार सम्मेलन समेत गरिन् । उनि शुक्रबार गाईघाट आईपुगेर आफ्नो यात्राको बारे पत्रकारहरुलाई जानकारी गराईन् । उदयपुर जिल्ला साईकलिङ संघको आयोजनामा भएको सम्मेलनमा उनिले समुन्द्र सतहदेखी सगरमाथा सम्म पुग्ने आफ्नो मुख्य लक्ष रहेको जनाईन् । भारतबाट किरब ८५० किलोमिटर साईकल यात्रा पश्चात उनि गाईघाट आईपुगेकी हुन् । उनले उदयपुर आईपुग्दा सम्म ८ दिन लगतार साईकलमा यात्रा गरेकी जनाईन् । अब उदयपुर बाट भने करिब ६ दिनमा सगरमाथा वेसक्याम्प पुग्ने तार्गेट रहेको पत्रकार सम्मेलनमा बताईन् ।

सव्रिना सहित साईकलिङ प्रतियोगिता सार्क च्याम्पियन लक्ष्मी मगर र भेट्रान्स नेशनल च्याम्पियन हर्क लामा पनि यात्रामा सहभागी रहेको छ । भारतको दिगा बाट सगरमाथा बेसक्याप्प करिव १३०० किलोटर रहेको जनाएको छ । छोटो र सजिलो बाटो खोज्ने क्रममा उदयपुरको समेत रुट हुँदै उनिहरु सगरमाथा यात्रामा रहेको छ । सगरमाथा सम्म पुग्न पूर्वको बिभिन्न जिल्लाहरु मध्य सबै भन्दा बढी १४० किलोमिटर उदयपुरको रुट परेको छ । फरभर एभरेष्ट फ्रम सी लेभल टु द टप अफ वोर्ड, फरइभर इभरेष्ट नामक व्यानर सहित उनिहरु यात्रामा लागेको छ । उनिहरु सोलोखुम्वुको सगरमाथा फाप्लु खरिखोला माथी सम्म यात्रा तय गर्ने जनाए ।

सार्क च्याम्पियन लक्ष्मी मगरले महिलाहरुलाई साईकल प्रतियोगिता निकै चुनौती रहेको जनाईन् । यसको लागि नेपालमा धेरै क्षेत्रहरु नछुटाईको भन्दै प्रतिस्पर्धामा आउन निकै समस्या रहेको जनाईन् । आफुले इन्टरनेशनल प्रतियोगिताहरुमा समेत निकै कष्टले उपाधिहरु जितेर आउँदा यस क्षेत्रमा महिलाहरुको समेत हौसाला बढेको जनाईन् । मगरले महिलाहरु पनि साईकलीङको यात्रालाई सफल गन्तव्य बनाउ सक्ने हौसाला र चेतना सहित सव्रिनाले पनि समून्द्र सतह बाट सगरमाथा सम्मको यात्रा तय गर्न लागेको जनाईन् ।

उदयपुर जिल्ला साईकलिङको संघका अध्यक्ष जितु रोइलाले साईकलिङ यात्राका क्रममा यो लक्ष लिएर गाईघाट आईपुग्नु भनेको उदयपुर जिल्लाको लागि निकै गौरवको विषय रहेको जनाए ।
यसरी जिल्लाको रुटलाई बिषेश प्राथामिकतामा राखेर निकै ठुलो मेहनत र कष्टले साईकलिङ यात्रा गर्दै नेपालको सगरमाथा सम्म पुगेर नेपालीहरुको समेत सिर उच्च बनाउने यात्राले निकै खुसी तुल्याएको रोईलाले जनाए । यस कार्यले जिल्लाको लागि पर्यटकीय र खेलकुद क्षेत्रलाई निकै महत्वका साथ सहयोग पुराउने समेत जनाए । साईकल यात्रामा रहेका टिमलाई सफल यात्रा र गन्तव्यको कामना गर्दै आईघाट बाट विदा गरिएको थियो । उनिहरु आज कटारीमा बसेर भोली पूनः यात्रामा लाग्ने जनाएको छ । सव्रिना युरोको ३ पटक जुडो च्याम्पियन समेत हुन्, उनि डाक्टर र पाईलट समेत रहेकी छिन् ।