उदयपुर एक्स्पो २०८० को औपचारिक उद्घाटन

पूर्णपुष्टि, १४ माघ ।
उदयपुर एक्स्पो २०८० को आईतबार उद्घाटन भएको छ । बिहिबारबाटै सुरु भएको एक्स्पोको आईतबार मात्रै उद्घाटन भएपछि महोत्सव विधिगत रुपमा महोत्सव सुरु भएको हो । एक्स्पोको उद्घाटन कोशी प्रदेशका पूर्व मन्त्री समेत रहेको सांसद हिमाल कार्कीले गरेको हो । उद्घाटन सँगै सांसद कार्कीले मेलालाई सफलताको कामना गरे । त्यसका लागि आफ्नो पूर्ण साथ सहयोग रहने जनाए । महोत्सवमा बिषेशगरी स्टल, सांस्कृतिक मनोरञ्जन, र बिभिन्न खेलहरु रहेको छ । त्रियुगा नदी किनारमा संञ्चालन गरिएको महोत्सवमा आजको मुख्य आकर्षण कलकार धुर्मुस सुन्तली रहेको छ । उनिहरुलाई हेर्न दर्शकहरु मेला स्थान तर्फ लागिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1