Friday, May 1News That Matters

उदयपुर एक्स्पो २०८० धुमधामका साथ सम्पन्न

पूर्णपुष्टि, २३ माघ ।
उदयपुर एक्सपो २०८० सोमावार सम्पन्न भएको छ । गाईघाट स्थित त्रियुगा नदीमा संञ्चालन भएको एक्स्पो १२ दिन पछि समापन गरिएको हो । माघ ११ देखी सुरु भई १४ गते बाट औपचारिकता पाएका मेला सफलता पूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । जिल्ला उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा संञ्चालित मेलाले स्थानीय व्यपारीहरुको लागि बिषेश स्टलको र व्यपारको व्यवस्था गरेको थियो । सँगै अन्य जिल्ला बाहिरबाट पनि ब्यपारीहरु सहभागी भई आम्दानी गर्न सफल भएको छ ।

मेलामा रैथाने सामाग्री र परिकार, खेलकुद, मनोरञ्जन र ब्यपारलाई बिषेश प्राथामिकता दिईएको थियो । दुई दर्जन बढी राष्ट्रिय कलकारहरुलाई मेलामा सहभागी गराई दर्शकहरुलाई मनोरञ्जनमा सहभागी गराउनुका साथै मेलाको रौनकतामा बिषेश जोड दिईएको थिायो । समय थपेर २६ गते सम्म लगाउने भनिएको मेला थकान र धेरै खटानका कारण स्थगित गर्नु परेको आयोजकले जनाएको छ । मेला जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न गरिएको हो । प्रमुख विश्वकर्माले मेला सफलता पूर्वक सम्पन्न गरेकोमा आयोजक प्रति खुसी ब्यक्त गरे । उनले मेला सुरक्षाको हिसावले निकै चुनौती रहेको भएपनि कुनै अप्रिय घटनाहरु नघटाई शान्त वातावरणमा सम्पन्न गरिएको जनाए । उनले यस प्रति सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।