
पूर्णपुष्टि, जेठ ६ । आजबाट जारी उदयपुर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ को उद्घाटन खेलमा फ्युजन क्लब बोक्से विजयी भएको छ ।
आज दिउँसो थारुहट रंगशालामा भएको औपचारिक उद्घाटन खेलमा फ्युजन क्लब बोक्सेले आईडल फुटबल क्लब नेपालटारलाई ५–० को फराकिलो गोल अन्तरले हराएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको फ्युजन क्लब बोक्सेले दोस्रो हाफमा ५ गोल गरेको हो ।
दोस्रो हाफको १९ औं मिनेटमा जर्सि नं ५ कासुनिल श्रेष्ठले हेडिङ मार्फत गोल गर्दै फ्युजन क्लबलाई आग्रता दिलाएका थिए भने खेलको २७ औं मिनेटमा जर्सि नं १५ का अमित मगरले गोल गर्दै आग्रता दोब्बर बनाए । त्यस्तै खेलको ३३ औं मिनेटमा जर्सि नं १० का अविक मगरले तेस्रो गोल गरे । खेलको ३९ मिनेटमा अविक मगरले डिबक्स बाहिरबाट प्रहार गर्दै दोस्रो व्यक्तिगत गोल गरे भने फ्युजनका लागी चौथो गोल गरे । खेलको अतिरिक्त्त समयमा अमित मगरले दोस्रो व्यक्तिगत गोल गरे भने फ्युजनका लागी पाचौँ गोल गर्न सफल भए । यस प्रतियोगिताको म्यान अफ द म्याच अविक मगर बने ।
त्यस्तै अर्को खेलमा साथि समुह विजयी भएको छ । बिहान ८ बजे भएको खेलमा साथि समुहले फुटबल क्लब बगाहालाई २–१ गोलले हराएको हो । खेलको १९ औं मिनेटमा जर्सि नं ९ का भोजराज बस्नेतले गोल गर्दै बगाहा फुटबल क्लबलाई आग्रता दिलाएका थिए । तर, साथी समुहले कमब्याक गर्दै जित हात पारेको हो । खेलको ४२ औं मिनेट र अतिरिक्त्त समयको अन्तिम मिनेटमा जर्सि नं ९ का अमर थापा मगरले गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच साथी समुहका अमर थापा मगर बने ।