Sunday, March 16News That Matters

फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको सेमिफाईनलमा

पूर्णपुष्टि, जेठ ९ ।  उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगितामा एक खेल अगावै फ्युजन फुटबल क्लब बोक्से सेमिफाईनलमा पुगेको छ । बुधबार भएको समुह चरणको दोस्रो खेलमा फ्युजन फुटबल क्लब बोक्सेले नव प्रभात नेपाल पोर्ताहालाई २–० गोल अन्तरले हराएसँगै समुह ख बाट सेमिफाईनल पुग्ने पहिलो टोली बनेको हो।

खेलको ६४ औं मिनेटमा जर्सि नं ९ का रोहन राईले गोल गर्दै फ्युजनलाई आग्रता दिलाएका थिए भने एक गोल उपहार पाएको थियो । खेलको ८२ औं मिनेटमा पोर्ताहाका जर्सि नं ४ का योगेश कार्कीले आत्मघाती गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच जर्सि नं ९ का रोहन राई बने ।

समुह चरणको पहिलो र दोस्रो खेलमा जित निकालेको फ्युजन ६ अंक सहित शिर्ष स्थानमा रहँदै सेमिफाईनलमा पुगेको हो । फ्युजनले समुह चरणको अन्तिम खेल भोली लालिगुराँस नव युवा क्लब भागलपुरसँग खेल्नेछ । त्यस्तै एक खेलमा हार र एक खेलमा बराबरी खेलेको आदर्श युवा क्लब उदयपुरगढी र नव युवा क्लब पोर्ताहाको १ अंक छ भने दुबै खेलमा बराबरी खेलेको लालिगुराँस नव युवा क्लब भागलपुरको २ अंक छ । अब समुह चरणको एक–एक खेल मात्र बाकीँ रहेको छ ।