Sunday, March 16News That Matters

उदयपुर ए डिभिजन लिग : बगाहामाथि गाईघाटको ९ गोल

पूर्णपुष्टि, जेठ ११ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगितामा फुटबल क्लब बगाहामाथि फुटबल क्लब गाईघाट विजयी भएको छ । शुक्रबार बिहान भएको समुह चरणको अन्तिम खेलमा फुटबल क्लब बगाहालाई फुटबल क्लब गाईघाटले १ गोलको विरुद्ध ९ गोल गरेको हो ।

गाईघाटका लागी जर्सि नं ११ का प्रविन राईले ५ गोल गरे । उनले खेलको ९, २३, ५५, ७० र ८५ औं मिनेटमा गोल गरे । जर्सि नं १२ का सन्दिप लिम्बुले २ गोल गरे । उनले खेलको ५० र ८५ औं मिनेटमा गोल गरे भने संजय घर्ती र सुब राज थापाले १–१ गोल गरे । त्यस्तै बगाहाका लागी जर्सि नं ९ का भोजराज बस्नेतले सान्त्वना गोल गरे ।

यस जित सँगै फुटबल क्लब गाईघाटले एकता युवा क्लब बेल्टारलाई पछि पार्दै समुह क को शिर्ष स्थानमा उक्लिएको छ । बेल्टार र गाईघाटको समान ७–७ अंक र समान ९–९ गोल छ भने समुह चरणको खेलमा एउटा पनि कार्ड नखाएको गाईघाट शिर्ष स्थानमा उक्लिएको हो । यस अघि बेल्टारले एउटा रातो र पहेलो कार्ड पाएको थियो ।

समुह क बाट गाईघाट समुह विजेता र बेल्टार उपविजेता हुँदै सेमिफाईनलमा पुगेको छ भने समुह ख बाट फ्युजन फुटबल क्लब बोक्से समुह विजेता हुँदै सेमिफाईनल पुगिसकेको छ । समुह ख बाट सेमिफाईनल पुग्ने एक टोलीको भने टुङ्गो लाग्न बाँकी छ । आज दिउँसो हुने आदर्श युवा क्लब नेपालटार र नव प्रभात नेपाल पोर्ताहाबिच समुह चरणको अन्तिम खेल जित्ने टोली सेमिफाईनल पुग्नेछ । तर, यदी उक्त खेल बराबरी भएमा लालिगुराँस नव युवा क्लब भागलपुर सेमिफाईनलमा पुग्ने सम्भावना छ ।