
पूर्णपुष्टि, जेठ ७ । उदयपुर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा लालिगुराँस नव युवा क्लब भागलपुर र नव प्रताभ नेपाल पोर्ताहाले अंक बाढेको छ ।
सोमबार दिउँसो भएको खेलमा लालिगुराँस नव युवा क्लब भागलपुर र नव प्रताभ नेपाल पोर्ताहाले १–१ गोलको बराबरी खेल्दै अंक बाढेको हो । खेलको ५९ औं मिनेटमा जर्सि नं ५ का दावा तामाङले गोल गर्दै भागलपुरलाई आग्रता दिलाएका थिए भने खेलको ६५ औं मिनेटमा पोर्ताहाका लागी जर्सि नं ९ का विमल चौधरीले गोल गर्दै खेल बराबरी बनाए । यस प्रतियोगिताको म्यान अफ द म्याच पोर्ताहाका जर्सि नं १० का आषिश चाम्लिङ राई बने ।
भोली बाट लिगको दोस्रो चरणको खेल सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेल फुटबल क्लब बगाहा र एकता युवा क्लब बेल्टारबिच हुनेछ भने दोस्रो खेल लालिगुराँस नव युवा क्लब भागलपुर र आईडल फुटबल क्लब नेपालटारबिच हुनेछ । लिगमा सहभागिता रहेको ८ टिमलाई दुई समुहमा विभाजन गरिएको छ । दुबै समुहका दुई शिर्ष टिमले सेमिफाईनल खेल्नेछ । लिग विजेता टिमले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।