
पूर्णपुष्टि, जेठ ९ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगितामा साथी समुह कटारीमाथि गाईघाट फुटबल क्लब विजयी भएको छ । बुधबार बिहान भएको समुह चरणको दोस्रो खेलमा गाईघाटले कटारीलाई १–० गोल अन्तरले हराएको हो ।
खेलको ७ औं मिनेटमा जर्सि नं १२ का सन्दिप लिम्बुले गरेको गोल नै गाईघाटको लागी निर्णयक गोल बन्न पुग्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच जर्सि नं १२ सन्दिप लिम्बु भए । समुह क रहेको गाईघाट फुटबल क्लब र एकता युवा क्लब बेल्टारको समान ४–४ अंक छ । दुबै टिमले एक खेलमा जित र एक खेलमा बराबरी खेलेको छभने बेल्टार गोल अन्तरले अगाडी छ । त्यस्तै एक खेलमा जित र एक खेल हारेको साथी समुह कटारीको ३ अंक छ भने दुबै खेल हारेको बगाहा फुटबल क्लब समुह चरणको अन्तिम खेल अगावै लिगबाट बाहिरिसकेको छ ।