Wednesday, April 22News That Matters

उदयपुर कारागारका कैदिबन्दीहरुलाई निशुल्क चस्मा बितरण

पूर्णपुष्टि, १४ असार ।
नेपाल नेत्र ज्योति संघ उदयपुरले जिल्ला कारागार उदयपुरका कैदिवन्दीहरुलाई निशुल्क चस्मा बितरण गरेको छ । जननेता मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसमा कारागारका ५९ जना कैदीहरुलाई चस्मा वितरण गरिएको संघका अध्यक्ष भागवत राउतले जनाए । नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय काठमाण्डौँको समन्वय तथा जिल्ला शाखा उदयपुरको आयोजना र आई कियरको सहयोगमा चस्मा वितरण गरिएको हो । अध्यक्ष राउतले नेत्र ज्योति संघ रहे सम्म कोही पनि आँखा रोगी भएर बस्नु नपर्ने जनाए । उनले पैसाको अभावमा आँखाको समस्या लिएर हिड्नु पर्ने अवस्थाको समधान भएको जनाए । चस्मा वितरण प्रदेशका उपसभामुख सिर्जना दनुवारले गरेका थिईन् ।