
पूर्णपुष्टि, जेष्ठ १
उदयपुरको ६ संक्रमितहरुले शुक्रबार कोरोना जितेर घर फर्किएको छ । १ महिला र ५ पुरुष गरी ६ जनाले कोरोना महामारीको संक्रमणलाई जितेर हस्पिटल बाट डिस्चार्ज भई घर फर्किएको हो ।
कोरोना जित्ने ६ जनालाई नगर प्रमुख खगेन्द्र राईले बिदाइ गरेका गरे । विरामीले उच्च मनोवलकासाथ खानपान, व्ययम र सरसफाइमा विशेष ध्यान पु¥याउन सके सहजै कोरोना मुक्त हुन सकिने महशुस गर्दै बिरामी डिस्चार्ज भएको मेयर राईले बताए ।
कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्डहरु पालना उत्तिकै जरुरी रहेको नगरपालिकाले जनाएको छ ।
घरमै बस्न विना काम घर बाहिर ननिस्न स्वास्थ्य शाखाले अनुरोध गरेका छन भने निस्कनै परेमा अनिवार्य मास्क, सेनीटाईजरको प्रयोग गरेर मात्र घरबाहिर निस्कन अुनरोध गरेका छन् ।
किनमेल गर्दा वा अन्य विषयमा कुराकानी गर्नु परेमा कम्तिमापनि १ मिटरको भौतिक दुरी कायम गर्न नगरपालिकाले सबैमा आग्रहसमेत गरेको छ ।
सातधारे स्थित कोभिड अस्पतालमा अहिले ८ महिला र १६ पुरुषगरी कूल २४ जनाको उपचार भइरहेको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।
त्यसैगरी चौदण्डीगढी नगरपालिका भित्र ९होम आइसोलेशन० मा रहेका १ महिला र २ पुरुषलेसमेत स्वास्थ्य लाभ गरेका छन् ।
