
पूर्णपुष्टि, असार ३२
उदयपुर कोरा साईकलिङ च्यालेन्जका सहभागीहरुलाई १६ नं वडाका अध्यक्ष मान वहादुर राईले सुकौरामा भव्य स्वागत तथा सम्मान गरेको छ । उदयपुर जिल्ला साईकलिङ संघको अयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा शनिवार संञ्चालित ५० किलोमिटर कोरा च्यालेन्ज २०२२ आयोजना भएको थियो । कोरो च्यालेन्ज उद्घाटन त्रियुगा नगपालिकाका मेयर वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले रिवन काटेर गरेकी थिईन् । राईले आफ्नो वडामा सहभागीहरुलाई अविर, फुलमाला र खादा लगाएर स्वागत गरेका थिए ।

