Tuesday, April 21News That Matters

उदयपुर ‘कोरा साईक्लिङ च्यालेन्ज २०२५’ सुरु

पूर्णपुष्टि, साउन ३ । उदयपुरमा ’कोरा साईक्लिङ च्यालेन्ज २०२५’ सुरु भएको छ । शनिबार उदयपुर साईक्लिङ संघको अयोजनामा सरदमुकाम गाईघाटदेखी ५० किलोमिटरको साईकल यात्रा सुरु गरिएको हो ।

प्रत्येक वर्ष जुलाईको शनिबार आयोजना हुँदै आएको यो च्यालेन्ज यस वर्ष गाईघाटदेखी सुरु भई जलजले, चुहाडे, राजाबास ,बहेडवा भुल्के रातमाटे हुँदै बोक्सेस्थित होटल वल्ड दरबारमा गएर सम्पन्न हुने भएको छ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले रिबन काट्दै कोरा साईक्लिङ च्यालेन्जको उद्घाटन गरेका हुन् । यसपटकको कार्यक्रममा गाईघाटस्थित झीगु नेवाः पुचःले सांस्कृतिक र ससम्मान सहभागीता जनाएको थियो । पुचःका सदस्यहरूले खादा, माला र सगुन वितरण गर्दै नेवारी सांस्कृतिक बाजागाजासहित साइकल यात्रुहरूको बिदाइ गरेका थिए।

उदयपुर साइकलिङ संघका अध्यक्ष माधव बानियाँले स्कृतिको संरक्षण, लागुऔषधमुक्त समाज निर्माण, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउने उदेश्यका साथ कोरा साईक्लिङ च्यालेन्ज आयोजना गरेको बताएका छन् ।

संघले यस अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिँदै स्थानीय युवाहरूमाझ सक्रियता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना जगाउने उद्देश्य लिएको बताएको छ । यस कोरा साईक्लिङ च्यालेन्जमा उदयपुर सहित बिभिन्न जिल्लाका साईकलिष्टहरुले सहभागीता जनाएका छन् ।