उदयपुर, जेष्ठ ३२ गते ।
उदयपुरमा छैठौं संस्करणसम्म आउन सफल उदयपुर गोल्डकपको एउटा प्रमुख तथ आकर्षण विदेशी खेलाडी पनि रहेको छ । विभिन्न क्लवहरुमा सहभागि भएर आउने विदेशी खेलाडीहरु प्राय ः अफ्रिकन मुलुकको कालोवर्णको हुने गरेका छन् । उनीहरुको खेल प्रस्तुती आकर्षक र आक्रामक हुने भएकाले दर्शकहरुले निकै रुचीपूर्ण हेर्ने गरेको पाईन्छ । विभागिय टिम बाहेकका अन्य क्लव तथा टिमहरुले विदेशी खेलाडी ल्याउने गरेका छन् ।
यसपटक उदयपुरमा सुरु भएको छैठौँ रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगितामा पनि विदेशी खेलाडीको आगमन सुरु भईसकेको छ । आजको पहिलो दिनको उद्घाटन खेलमा न्यू स्टार क्लव सुनसरीबाट तीन जाना विदेशी खेलाडी खेल आमैदानमा उत्रिएका थिए ।
सशस्त्र प्रहरी क्लवको विरुद्धमा न्यूस्टार सुनसरी क्लवले जर्सी नम्बर ३ मा यान्निक्क ववोना, जर्सी नम्बर ४ अन्ड्रे ईक्वाम् र जर्सी नम्बर ८ मा औरेल ईनामेलाई उतारेका थिए । तीन जना विदेशी खेलाडी खेल मैदानमा उत्रिएको भएपनि ईनामेले मात्रै गोल गरेको थियो । खेल सुरु भएको हाप समयपछि २८ औँ मिनटमा ईनालेले गोल गर्दै खेलाई बराबरीमा पु¥याउँदै टिमको खाता खोलेको थियो । सशस्त्रको रणनीतिक योजना अनुसार ३ नं. का विदेशी खेलाडीलाई चल्न नदिएपछि विदेशी खेलाडीको प्रस्तुतीमा कमजोर हुनु पुगेको खेल विश्लेषकको भनाई छ । सुनसरीलाई २–१ गोलले पछि पार्दै सशस्त्रले जित हात पारेको छ । दोस्रो हापको १३ औँ मिनेटमा सशस्त्रका प्रविन स्यान्त्याङ्गलले गोल गर्दै खाता खोलेको थियो भने ३७ औँ मिनेटमा नविन लामाले प्रहार गरेको गोल निर्णायक गोल बनेको थियो ।